बोर्डको अध्यक्ष छान्न फुँयालको संयोजकत्वमा समिति गठन
काठमाडौं । धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तीका लागि सिफारिस गर्न राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा समिति गठन भएको छ ।
फुयाँलको संयोजकत्वमा गठित समितिमा राजश्व सचिव शिशिरकुमार ढुंगाना र नेपाल चार्टर्ड एकाउन्टेन संस्थाको अध्यक्ष कृष्णप्रसाद आचार्य रहेका छन् ।
उनीहरुले बोर्डको अध्यक्षका लागि पर्ने आवेदनबाट तीन जनाको नाम छनोट गरी सरकारलाई सिफारिस गर्ने छन् । उनीहरुले गरेको सिफारिसको आधारमा ३ जनाबाट १ जना लाई मन्त्रिपरिषदको बैठकले अध्यक्षमा छनोट गर्ने छ ।