काठमाडौं । गुराँस लाईफ इन्सोरेन्स कम्पनीले सेयरधनीहरुलाई १३.१०१५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सो परिमाणमा बोनस सेयर वितरण गर्ने भएको हो ।
कम्पनीको १५४औं सञ्चालक समितिको बैंठकले गत वर्षको संचित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको १३.१०१५ प्रतिशत अर्थात १२ करोड २९ लाख ६० हजार रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । सो बोनस सेयरमा लाग्ने कर भने सेयरधनीहरु आफैले ब्यहोर्नु पर्ने बताइएको छ ।
कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश बीमा समितिको स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिने छ ।









प्रतिक्रिया