स्टयान्डर्ड चार्टर्ड बैंकको नयाँ ब्याजदरः कर्जा र निक्षेपमा कति ?
काठमाडौं । स्टयान्डर्ड चार्टर्ड बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मंगलबार देखि नै लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा ६ देखि ८.२५ प्रतिशतसम्म ब्याज दिने भएको छ । ९१ दिनका लागि ६ प्रतिशत, १८२ दिन सरममका लागि ७ प्रतिशत, २ बर्षसम्मका लागि ८.२५ प्रतिशत र ३ वर्षका लागि ६.५ प्रतिशत व्यक्तिगत निक्षेपमा ब्याज बैंकले तोकेको छ । भने संस्थागत तर्फमा ९१ दिनसम्मका लागि ६ प्रतिशत, १८२ दिनको लागि ७ प्रतिशत, १ वर्षको लागि ७.५ प्रतिशत, २ वर्षका लागि ५.५ प्रतिशत, ३ वर्ष भन्दा माथिको लागि ६ प्रतिशत ब्याजदर तोकेको छ ।
कल डिपोजिटमा भने ३.५० प्रतिशतदेखि माथि दिने भएको छ । बैंकले हाल ८ प्रकारको बचत खाता सञ्चालनमा ल्याएको छ । जसमा ४ देखि ६ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
असोज मसान्तसम्म बैंकको आधार दर ७.६३ प्रतिशत रहेको छ भने स्प्रेडदर ५.५८ प्रतिशत रहेको छ । हाल बैंकले १६ प्रकारका कर्जा प्रवाह गरी रहेको छ । ती कर्जाहरुमा न्यूनतम ९.६३ देखि १५.३१ प्रतिशतसम्म ब्याजदर बैंकले तोकेको छ । जसमध्ये बैंकबाट ओभर ड्राफ्ट कार्डबाट कर्जा लिनेले १२.६३ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ । बैंकबाट व्यक्तिगत कर्जा लिँदा १५.३१ प्रतिशत, ग्रामिण प्राथमिक कर्जा १४.६३, होम लोन १२.६३, अटो लोन १२.६३ प्रतिशतसम्म ब्याज लाग्ने छ ।