ग्लोबल आईएमई बैंकको नाफामा उल्लेख्य सुधार, ३ महिनामा ४०%ले बढ्यो
काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४०.५५ प्रतिशतले नाफा बढाएको छ ।
बैंकको नाफा ४०.५५ प्रतिशतले बढेर ७५ करोड ४६ लाख ४४ हजार ३३२ रुपैयाँ आर्जन गरेको छ । गत आवको सोहि अवधिमा बैंकको नाफा ५३ करोड ५८ लाख ४४ हजार ७३१ रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा २८ करोड ११ लाख ७३ हजार ३६४ रुपैयाँ रहेको छ ।
बैंकको नाफा बढाउन खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाको राम्रो भरथेग देखिएको छ । गत आवको पहिलो त्रैमासमा १ अर्ब २० करोड ८ लाख ९९ हजार ४४ रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोहि अवधिमा आउँदा १ अर्ब ५६ करोड ४७ लाख २७ हजार २७ रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफा पनि ७५ करोड ३१ लाख ७२ हजार ९८५ रुपैयाँ रुपैयाँबाट बढेर चालु आवको पहिलो त्रैमासमा आईपुग्दा १ अर्ब ४ करोड २३ लाख ७४ हजार ६९ रुपैयाँ रहेको छ ।
१० अर्ब ४३ करोड ६५ लाख १५ हजार ९५९ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब १ करोड ३२ लाख २६ हजार ५१८ रुपैयाँ रहेको छ । १ खर्ब २८ अर्ब ९९ करोड २ लाख ३३ हजार ३० रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब १८ अर्ब ४८ करोड ७१ लाख ८० हजार ३६३ रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा पनि १.०५ प्रतिशतबाट घटेर ०.८५ प्रतिशतमा झरेको छ । २८ रुपैयाँ ८७ पैसा प्रति सेयर आम्दानी रहेको बैंकको प्रति सेयर नेटवर्थ १६५ रुपैयाँ ७० पैसा रहेको छ ।