इन्भेष्टमेन्ट बैंकले २९ हजार कित्ता संस्थापक सेयर लिलामी गर्दै



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले २९ हजार ३८० कित्ता संस्थापक सेयर लिलामी (बिक्री) गर्ने भएको छ ।

बैंकले सूचना जारी गर्दै उक्त कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको जनाएको हो ।

बैंकले प्रति कित्ता कम्तीमा प्रतिसेयर २७५ रुपैयाँ तोकेको छ । उक्त सेयरमा आवेदन दिन चाहनेले न्यूनतम ३ हजार कित्तादेखि अधिकतम २९ हजार ३८० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कात्तिक २१ देखि २८ गतेसम्म उक्त सेयर लिलामी प्रक्रियामा रहने छ । २८ गतेसम्म आवेदन दिएपछि मंसिर २ गते खोलिने छ । लगानीकर्ताले एनआइबीएल एस क्यापिटल लाजिम्पाटमा आवेदन बुझाउनु पर्नेछ ।


क्लिकमान्डु