नेकपा सचिवालयले टुंगो लगायो प्रदेश प्रमुखको नाम, को–को हुँदैछन ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको सोमबार बसेको बैठकले नयाँ प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ ।
प्रधानमन्त्री निवासमा बसेको बैठकले प्रदेश प्रमुखहरुमा अमिक शेरचन, विष्णु प्रसाँई, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोबिन्द कलौनी र शर्मिला त्रिपाठीको नाम टुंगो लगाएको हो ।
आइतबार मात्रै तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा नियुक्त भएका ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई सरकारकै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी थिइन् ।
सरकारको उक्त निर्णयलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कडा आपत्ति जनाइ रहेको बेला नेकपाले सोमबार सोही पार्टी निकटका व्यक्तिलाई प्रदेश प्रमुख बनाउने गरी नाम टुंगो लगाएको हो ।
पार्टीको निर्णय अनुसार सोमबारै बस्ने मन्त्रिपरिषद्को बैठकले ती नामलाई प्रदेश प्रमुख नियुक्तीका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने तयारी गरिएको छ ।
बैठकपछि नेकपा महासचिव विष्णु पौडेलले कुन प्रदेशमा को-को नियुक्त गर्ने भन्ने विषय सरकारको निर्णय अनुसार हुने जानकारी दिए ।