चिलिमे जलविद्युत कम्पनीले २५% लाभांश दिने



काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले सेयर लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीले नेप्सेलाई गराएको जानकारी अनुसार लगानीकर्तालाई गत वर्षको नाफाबाट बोनस २० र नगद लाभांश ५ प्रतिशतसहित २५ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीले लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने भनेपनि उक्त प्रस्ताव आगामी साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउने छन् ।
कम्पनीले २० प्रतिशत बोनसको लागि भन्दै ९५ करोड १६ लाख २७ हजार १५६ रुपैयाँ र नगद लाभांशको लागि २३ करोड ७९ लाख ६ हजार ७८९ रुपैयाँ छुट्याएको छ । कम्पनीका साधारण सभा मंसिर ११ गते हुने सूचनामा उल्लेख छ ।

कम्पनीको हाल ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार ७८२ रुपैयाँ चुक्ता पुँजी रहेको छ । बोनस वितरण पछि ५ अर्ब ७० करोड ९७ लाख ६२ हजार ९३८ रुपैयाँ पुग्ने जनाइएको छ ।


क्लिकमान्डु