मन्त्रिपरिषद्को बैठक भोलिका लागि सर्यो, ७ वटै प्रदेश प्रमुख नियुक्त हुन सक्ने
काठमाडौं । आइतबार साँझ बोलाइएको मन्त्रिपरिषद्को बैठक सोमबार ११ बजेका लागि सरेको छ ।
आइतबार बिहान मन्त्रिपरिषद्को बैठक बसेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले साँझका लागि आकस्मिक बैठक बोलाएका थिए । आइतबार साँझ ५ बजेका लागि बोलाइएको बैठकभन्दा अघि नेकपा सचिवालयको बैठक बोलाइएको थियो ।
सचिवालयको बैठक सुरु भएपछि मन्त्रिपरिषद्को बैठक साँझ साढे ६ बजेका लागि सारिएको थियो । तर सचिवालयको बैठक लम्बिएपछि सोमबार ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक सारिएको थियो ।
आइतबारको मन्त्रिपरिषद्को बैठकले सात वटै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । जसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति गरेकी थिएन । आजदेखि रिक्त प्रदेश प्रमुखको पदमा मन्त्रिपरिषद्को बैठकले सोमबार नियुक्त गर्ने समेत सम्भावना छ ।