सेयर बजारमा देखिएन सुधारको संकेत



काठमाडौं । साताको पहिलो दिन देखि नै सेयर बजारमा गिरावट देखिन थालेको छ ।

कारकोबार मापन गर्ने नेप्से सूचक ६.८८ अंकले घटेर ११३९.२९ बिन्दुमा रोकिएको छ । १६१ कम्पनीको ७ लाख ८४ हजार ७४० कित्ता सेयर १७ करोड ५५ लाख ४४ हजार ४७२ रुपैयाँमा किनबेच भएको छ ।

११ वटा समूहको कारोबारमा म्यूचुअल फण्डको उपसूचक ०.०१ अंकले बढेको छ । यता बैंकिङ समूहको ६.७८, निर्जीबन बीमा ३२.२५, उ्रत्पादन तथा प्रशोधन ३७.३५, जीवन बीमा समूहको उपसूचक २६.०७ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ । बैंकको १ करोड ५२ लाख ४५ हजार ८९३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा देव विकास बैंकको संस्थापक समूह र मेगा बैंक रहेका छन् ।

कारोबारमा एनआइसी एसिया ग्रोथ फण्ड, बरुण हाईड्रोपावर, चिलिमे हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन भने मेगा बैंक, आँखुखोला जलविद्युत कम्पनी, नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले गुमाएका छन् ।


क्लिकमान्डु