१ अर्ब ६६ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले उक्त ट्रेजरी बिल कात्तिक १८ गते अपराह्न २ बजे बोलकबोल प्रक्रियामार्फत् जारी गर्ने भएको हो ।
बैंकले ९१ दिनका लागि १० करोड रुपैयाँ र १ अर्ब ५६ करोड रुपैयाँ ३ सय ६५ दिनका लागि गरी १ अर्ब ६६ करोड रुपैयाँको उक्त ट्रेजरी बिल बिक्री गर्ने जनाएको छ ।
बिक्री गरिने ९१ दिने ट्रेजरी बिल आगामी माघ २१ गते परिपक्क हुनेछ । भने ३ सय ६५ दिने ट्रेजरी बिल २०७७ कात्तिक १८ गते परिपक्क हुनेछ ।
ट्रेजरी बिल एक वा सोभन्दा कम समयका लागि सरकारले उठाउने आन्तरिक ऋण हो । सरकारले नेपाल राष्ट्र बैंकमार्फत् आवश्यक परेको समयमा अल्पकालिन स्रोत संकलन गर्न ट्रेजरी बिल जारी गर्ने गर्दछ ।