सानिमा बैंकको नाफा १४.४० प्रतिशतले बढ्दा वितरणयोग्य नाफा कति ?



काठमाडौं । सानिमा बैंकको १४.४० प्रतिशतले बढेको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष पहिलो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा साढे ७ करोड रुपैयाँले नाफा बढाउँदै ५९ करोड ३६ लाख रुपैयाँ नाफा पुर्याएको हो ।

बैंकले यो अवधिमा २७ करोड ५४ लाख ४० हजार ६९२ रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ ।

बैंकलाई नाफा बढाउन खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाले सहयोग गरेको छ । बैंकको खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवमा १७.०३ प्रतिशतले बढेर १ अर्ब १४ करोड ५० लाख ४८ हजार ८१५ रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा ९७ करोड ८४ लाख १६ हजार २७९ रुपैयाँ रहेको थियो ।
त्यस्तै सञ्चालन नाफा पनि १२.६० प्रतिशतले बढेर ८३ करोड ४३ लाख ३ हजार ९३४ रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिमा ७४ करोड ८ लाख ९९ हजार ३८६ रुपैयाँ थियो ।

बैंकले यो अवधिमा चुक्ता पुँजी पनि ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँबाट बढाएर ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रुपैयाँ पुगेको छ । \

हाल बैंकको जगेडा कोषमा २ अर्ब ५४ करोड ९० लाख ९९ हजार ८९५ रुपैयाँ पुगेको छ । ९५ अर्ब ९२ करोड १७ लाख ७२ हजार २६८ रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ८३ अर्ब ५२ करोड १३ लाख ४१ हजार ११७ रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत आवको पहिलो त्रैमासमा ०.०८ प्रतिशत खराब कर्जा रहेको बैंकको अहिले बढेर ०.२४ प्रतिशत पुगेको छ । प्रति सेयर आम्दानी २६ रुपैयाँ ४७ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ १३२ रुपैयाँ ८५ पैसा छ ।


क्लिकमान्डु