प्रभु बैंकको १ अर्बको ऋणपत्र कात्तिक २१ गतेदेखि, कति पाइन्छ ब्याज ?
काठमाडौं । प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १० वर्षको अवधीका लागि वार्षिक १०.२५ प्रतिशत ब्याजदर दिने गरी प्रभु बैंक डिभेञ्चर २०८६ निष्काशन गर्ने भएको हो ।
बैंकद्वारा निष्काशन गरिने १ हजार अंकित दरका १० लाख कित्ता ऋणपत्र ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
यस्तै, बैंकले ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र विभिन्न संघ सस्था र सर्वसाधारणलाई व्यक्तिगतरुपबाट बिक्री गर्ने भएको छ । जसमा आवेदकले न्यूनतम २५ कित्ता ४ लाख कित्तासम्मका लागि आवेदन पाउनेछन् ।
सो ऋणपत्र कात्तिक २१ गतेदेखि मंसिर २० गतेसम्म निष्काशन गरिने बैंकले जनाएको छ । बैंकलाई ईक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘आईसीआरए- नेपाल बीबीबी’ ग्रेडिङ दिएको छ । उक्त क्रेडिट रेटिङप्राप्त गर्ने संस्थालाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने न्यून कर्जाको जोखिम रहेको संस्थाको रुपमा लिइन्छ ।