लक्ष्मी बैंकले १५ प्रतिशत लाभांश दिने
काठमाडौं । लक्ष्मी बैंकले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने भएको छ ।
बैंकको सञ्चालक समितिको बैठकले कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । राष्ट्र बैंकले स्वीकृति दिएपछि तथा बैंकको साधारण सभाले पारित गरेपछि सेयरधनीले सो लाभांश पाउनेछन् ।
बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने भएको हो ।