राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा पर्ने, यस्तो छ कानूनी व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ आज नै निलम्बनमा पर्ने भएका छन् । मन्त्रीपरिषद्को बैठकले श्रेष्ठलाई कारवाही गर्नको लागि भनेपछि राष्ट्र बैंकलाई निलम्बन गर्न भनेको छ ।

जसको पत्र राष्ट्र बैंकमा आज जाने छ । डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि वित्तीय स्थाईत्वमा गम्भिर असर पर्ने काम गरेको आरोप लागेको छ ।

नेपाल राष्ट्र बैंकको ऐनको दफा २२ मा डेपुटी गभर्नर तथा संचालकहरु पदमुक्त हुने व्यवस्था राखिएको छ ।

सरकारले संचालक तथा डेपुटी गभर्नरहरुलाई पदमुक्त गर्न सक्ने व्यवस्था त्यो दफामा राखिएको छ ।

यसको लागि सफाईको भने मौका दिनुपर्ने छ ।

राष्ट्र बैंकले डेपुटी गभर्नरमाथि लागेको आरोप छानबिन गर्नको लागि समिति गठन गर्ने छ । समिति गठन हुनासाथ आरोप लागेको व्यक्ति स्वत पदबाट निलम्बन हुने व्यवस्था छ । राष्ट्र बैंक स्रोतका अनुसार आज नै त्यो छानबिन समिति गठन हुने र श्रेष्ठ पदमुक्त हुने छन् ।


क्लिकमान्डु