गाडी निर्माता कम्पनी अडीले साढे ९ हजार जागिर कटौती गर्ने




काठमाडौं । गाडी निर्माता कम्पनीे अडीले जर्मनमा आगामी ५ वर्षभित्रमा ९ हजार ५ सय रोजगारी कटौती गर्ने भएको छ ।

अडीले आफ्नो देशमा अहिले करिब ६२ हजार जनालाई रोजगारी दिएको छ । अहिले कटौती गर्न लागेको रोजगारीको संख्या करिब १५ प्रतिशत हो ।

सन् २०२५ सम्ममा उक्त संख्यामा कम्पनीले रोजगारी कटौती गरिसक्नेछ । कम्पनीले कोर वर्कफोर्सलाई भने सन् २०२९ सम्म जागिरको ग्यारेण्टी दिने र फाइदा बाँडफाँड गर्नेछ ।  केही संख्यामा भने अडीले नयाँ जागिर खुलाउने समेत जनाएको छ ।

कम्पनीलाई भविष्यमा पनि फिट राख्नका लागि केही जागिरका प्रोफाइलहरु नचाहिने र केही नयाँ प्रोफाइलका जागिर सिर्जना गर्न आवश्यक रहेको कम्पनीले प्रष्ट पारेको छ ।

केहि महिनाअघि अडीको प्रतिस्पर्धी कम्पनी डायम्लरले व्यवस्थापकीय पदमा रहेका १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो ।


क्लिकमान्डु