किया सेल्टोसको मूल्य बढ्ने, कहिलेदेखि कति बढ्छ ?




काठमाडौं । किया मोटर्सद्वारा उत्पादित ब्लकबस्टर सेल्टोस एसयुभिको मूल्यवृद्धि हुने भएको छ । भारतस्थित किया मोटर्सले सन् २०२० को जनवरी १ देखि नै मूल्य बढाउन लागेको हो ।

कम्पनीले गत अगस्टमा भारतमा सेल्टोस गाडी सार्वजनिक गरेको थियो जसको सुरुवाती मूल्य ९ लाख ६९ हजार भारतीय रुपैंया थियो ।

डिसेम्बर अन्तिम सम्ममा गाडी किन्ने ग्राहकले सुरुवाती मूल्यमा गाडी किन्न पाउने कम्पनीले जनाएको छ ।

जनवरी १ देखि भने गाडी बढेको मूल्यमा डेलिभर हुने कम्पनीले प्रष्ट पारेको छ ।

जनवरी १ देखि नै मूल्य बढाउने बताए पनि कति मूल्यवृद्धि हुन्छ भन्ने बारे भने कम्पनीले प्रष्ट पारेको छैन् ।

सेल्टोसको प्रतिस्पर्धी गाडीमा हुण्डाईको क्रेटा, टाटा ह्यारियर, निशान किक्स, रेनो क्याप्चर र एमजी हेक्टर छन् ।

गाडी निर्यातका लागि भारतमा निर्भर रहेको नेपालमा पनि सेल्टोस गाडीको मूल्यवृद्धि हुनेछ । तर भारतमा नै अहिले र वृद्धि हुने रकममा कति भिन्नता हुनेछ भन्ने अझै नखुलेका कारण नेपालमा कति वृद्धि हुन्छ भन्ने यकिन हुने केहि समय लाग्नेछ ।


क्लिकमान्डु