साना उद्योगको प्रबद्र्धन गरेर व्यापारघाटा न्यूनीकरण गर्छाैः मन्त्री गुरुङ



काठमाडौं । नव नियुक्त महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उद्योग र उद्यमशीलताको विकास बिना मुलुककै समृद्घि सम्भव नहुने बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँगको छलफलमा उनले सरकारले लिएको ‘समृद्घ नेपाल र सुखी नेपाली’को सपना साकार पार्नका लागि मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घन र विकास अपरिहार्य भएकोमा बताए ।

स्थानीयस्तरमा आफ्नै कच्चापदार्थबाट उत्पादित यस्ता उद्योग र तिनका उत्पादनको प्रवद्र्घन र बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्ने भन्दै मन्त्री गरुङले यस्ता उद्योगहरुको संरक्षण र प्रवद्र्घनका लागि आफनो मन्त्रालय, अन्तरमन्त्रालय र सरकारसँग छलफल गर्ने प्रतिवद्घता व्यक्त गरे ।

मन्त्रालयबाट पनि महिला उद्यमशीलता र अरु क्षेत्रमा काम भइरहेको जनाउँदै उनले आगामी दिनमा महासंघसँगको सहकार्यमा अगाडि बढ्ने सोंच रहेको जानकारी गराए ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकलाई तीब्रत्तर आर्थिक बृद्घिमा लैजानका लागि लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च रहेको भन्दै बेलैमा यस्ता उद्योगहरुको विकास र प्रवद्र्घन गर्न नसकिए केही वर्षपछि आफै बन्द हुने बताए ।

सरकारले लिएको ‘समृद्घ नेपाल र सुखी नेपाली’को लक्ष्य नेपाली उद्योग र तिनका उत्पादनसँग जोडिने भन्दै अहिले सञ्चालित हजारौं परम्परागत लघु, घरेलु तथा साना उद्योगधन्दाहरुको क्षमता विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।


क्लिकमान्डु