भारतीय अर्थव्यवस्था बेहाल अवस्थामा, सर्वसाधारणले इनरवेयर पनि किन्न सकेनन्



यतिबेला छिमेकी मुलुक भारतको अर्थतन्त्र निकै कमजोर बनेको छ । यसको प्रभाव समग्र अर्थतन्त्रमा त परेको छ नै सर्वसाधारणको दैनिकीमा पनि उत्तिकैे देखिएको छ ।

खराब अर्थतन्त्रको असर यतिसम्म पर्यो कि आम मानिसले इनरवेयर समेत खरिद गर्न सकेका छैनन् । इनरवेयरका लागि राम्रा ब्राण्ड बनेका कम्पनीहरुको समेत बिक्रीमा ह्रास आएको छ ।

यस सेग्मेन्टमा बालबालिका, महिला तथा पुरुषका लागि इनरवेयर उत्पादन गर्ने टप ब्राण्डमा लक्स, कोजी, डालर तथा रुपाको बिक्री घटेको छ ।

सन् २०१६ मा नरेन्द्र मोदी सरकारले ल्याएको नोटबन्दीको असर अहिलेसम्म आम उपभोक्तामा देखिएको छ । ठूला कम्पनीका अनुसार अन्डरगार्मेन्ट बिक्री गर्ने साना तथा स्थानीय पसलमा यो समस्या झन ठूलो मात्रामा देखिएको छ । यी पसलहरुमा नोटबन्दी र जीएसटीको असर देखिएको हो ।

स्थानीय पसलमा जसले मल्टि ब्राण्ड आउटलेट पनि भनिन्छन् । उनीहरुले पहिलेको तुलनामा निकै कम स्टक राख्न थालेका छन् । उनीहरुले नोटबन्दी र जीएसटीका कारण पहिले जस्तै ठूलो मात्रामा सामान खरिद गर्न सकेका छैनन् । यसको असर कम्पनीको उत्पादनको वर्किङ क्यापिटलमा समेत परेको छ ।

रिसर्च संस्था एडलवाइसका अनुसार भारतमा १ लाखभन्दा बढी मल्टि ब्राण्डका स्थानीय पसल छन् । जसले मुलुकभरमा ६० प्रतिशत अन्डरवेयर बिक्री गर्दथे । बाँकी बिक्री मल तथा अनलाइनबाट हुन्थ्यो ।

सन् २०१४ को कन्सलटेन्सी कम्पनी टेक्नोप्याकको एक रिपोर्ट अनुसार भारतमा अन्डरवेयर बजारको मूल्य ३० हजार करोड रुपैयाँको थियो । सन् २०२४ सम्म वार्षिक १३ प्रतिशतले वढेर १ अर्बको हुने अनुमान गरिएको छ ।

रिपोर्टका अनुसार कपडाको वर्गमा इनरवेयर हरेक सेग्मेन्टमा सबैभन्दा बढी योगदान गर्दछन् । मानिसहरुको बढ्दो आम्दानी, मनमौजी खर्च, कामकाजी महिलाको संख्यामा वृद्धि तथा बढ्दो फेसनको बजारले इनरवेयर सेग्मेन्टको व्यापार बढ्ने अनुमान गरिएको छ ।

परम्परागत रुपमा इनरवेयर सेगमेन्ट आमरुपमा संगठित छैनन् । त्यस्तै पछिल्ला केही वर्षमा संगठित इनरवेयर क्षेत्रमा भने यो प्रगति राम्रो देखिएको छ ।

रुपा ब्राण्डका प्रबन्ध निर्देशक तथा होजरी उत्पादक फेडेरेसनका अध्यक्ष केबी अग्रवालका अनुसार पूरै उद्योगमा विगत ६ महिनायता आर्थिक मन्दीको छाएको छ ।

‘उद्योगले कमजोर बिक्रीको सामना गरिरहेको छ, रियल स्टेट होस् वा पार्लेजी विस्कुट सबै उद्योगको बिक्रीमा उपभोक्ताले कम रुचि देखाएका छन्, अहिले रुपा ब्राण्डको बिक्री मात्रै १०–१५ प्रतिशत कमजोर बनेको छ ।’

त्यस्तै, उनका अनुसार समग्र इनरवेयर उद्योगमा विगतको तुलनामा बिक्री २०–२५ प्रतिशतले कमी आएको छ । अहिले उद्योगमा स्टक धेरै भइसकेको छ । किनभने रिटेल बजारमा अर्डर सुस्त बनेको छ ।

हिन्दुहरुको महान पर्वमा रुपमा मनाइने हिन्दुस्तानमा समेत दीपावलीमा समयमा आशातित बिक्री हुन सकेन् । अग्रवालका अनुसार दीपावलीको समयमा विगतका वर्षमा बिक्री २० प्रतिशतले बढ्दै आएको थियो ।

‘दीपावलीको समयमा बिक्री बढ्ने आशा थियो, तर बिक्री निकै निराशाजनक भयो, यस वर्ष १० प्रतिशत मात्रै बिक्री बढ्यो,’ अग्रवालले भने ।

त्यस्तै, लक्स उद्योगका अध्यक्ष अशोक कुमार टोडी अगंवाल पनि सुस्ताएको बजारको अंकगणितमा सहमत देखिएको छन् । उनका अनुसार उद्योग अहिले समस्याग्रस्त अवस्थाबाट गुज्रिरहेकाले विगत ६ महिनामा ४० प्रतिशत बिक्रीबाट घटेर बिक्री २५ प्रतिशतमा झरेको छ ।

उनले सरकारसँग साना पसलका लागि नयाँ नीति ल्याउन समेत माग गरेका छन् ।

त्यस्तै, डाँलर ब्राण्ड उत्पादन गर्ने कम्पनीका निर्देशक बिनोद कुमार गुप्ताले अन्डरगार्मेन्ट उद्योगमा यतिठूलो आर्थिक मन्दी आफूले यसअघि नभोगेको बताए । उनले यो अकल्पनीय भएको भन्दै दीपावलीको समयमा समेत व्यापार निराशाजनक भएको बताए ।

भारतीय सञ्चारमाध्यमका अनुसार शीर्ष ४ सूचीबद्ध इनरवेयर फम्र्सको अवस्था सबैभन्दा खराब छ । इकोनोमिक्स् टाइम्सको रिपोर्ट अनुसार पेज इन्डस्ट्रिको बिक्री जो इनरवेयरमा जकी ब्राण्ड बिक्री गर्छ उसको जम्मा २ प्रतिशत बढेको छ । सन् २००८ यता अहिलेको बिक्री सबैभन्दा कमजोर हो ।

एडलवाइसका विश्लेषक निहाल महेश झामका अनुसार यस उद्योगमा दोहोरो समस्या देखिएको छ । निहालले खराब उपभोक्ताको मागका कारण व्यापारको प्रारुपका साथै आर्थिक कारण पनि हुन । मल्टि ब्राण्ड बिक्रीका पसलको खराब प्रदर्शनको समस्याबाट गुज्रिरहेका छन् ।

भारतीय बजारमा अन्डरवेयरका शीर्ष फेसन खुद्रा बिक्रेता जस्तै, पैटालुन, सपर्स स्टप तथा सेन्ट्रल जस्ता कम्पनीले समेत आर्थिक मन्दीको असर भोगेका छन् ।

रिपोर्टका अनुसार पछिल्लो वर्ष यस अवधिमा नवरात्रीमा फ्युचर ग्रुप, स्पेन्स रिटेल, अरविन्द लाइफस्टाइल, रिलायन्स डिजिट, विजय सेल्स तथा ग्रेट इस्टर्नसहित कैयन खुद्रा बिक्रेताहरुले यस क्षेत्रको बिक्री स्मार्टफोन र इलेक्ट्रिोनिक्सका सामग्रीको तुलनामा दोहोर अंकले वृद्धिदर बढेको थियो । आर्थिक मन्दीका कारण महंगा कपडाको बिक्री प्रभावित भएको छ ।– एजेन्सी


क्लिकमान्डु