बैंकर अजय श्रेष्ठ र बोहोरा १/१ करोड धरौटीमा रिहा



काठमाडौं । बैंकिङ कसुरको मुद्दा खेपिरहेका बैंकर अजय श्रेष्ठ र किरण कुमार बोहोरालाई एक÷एक करोड रुपैयाँ धरौटीमा थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार रेग्मीको संयुक्त इजलासले बैंकरद्वयलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

खोलाको जग्गा धितोमा ऋण दिएको अभियोगमा प्रहरीले श्रेष्ठलाई गत असोज ५ गते पक्राउ गरेको थियो । उच्च अदालत पाटनले श्रेष्ठलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

उच्च अदालत पाटनको थुनामा राख्ने आदेशको विरुद्धमा श्रेष्ठ सर्बोच्च अदालतको ढोका ढक्ढक्याउन पुगेका थिए ।

सर्वोच्च अदालतले उक्त मुद्घाको सुनुवाइ गर्दै बदर गर्न आदेश दिएको हो ।

उच्च अदालतको आदेश चित्त नबुझ्दा सर्बोच्च जान पाइन्छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ मा यस्तो ब्यवस्था छ।

ऋणी (सुरेन्द्र श्रेष्ठ)ले झापाको बिरिङ खोलाभित्र पर्ने जग्गाको नक्कली धनीपूर्जा सन् २०१५ मा बैंक अफ काठमाण्डूबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए ।

ती ऋणीले ऋणको सावाँ र ब्याज नतिरेपछि बैंकले अनुसन्धान गर्दा खोलाभित्र पर्ने जग्गाको पुर्जा बनाएर ऋण लिई बैंकलाई ठगी गरेको तथ्य फेला परेको थियो । यस्तो तथ्य फेला परेपछि बैंकले केही समयअघि ऋणी सुरेन्द्र श्रेष्ठलाई बैंकिङ कसूर गरेको अभियोगमा प्रहरीमा किटानी जाहेरी दिएको थियो ।

तर, प्रहरी बैंकका कर्मचारी हुँदै सीइओ श्रेष्ठसम्म पुग्यो ।

बैंक अफ काठमाण्डूबाट सीइओ अजय श्रेष्ठ ०७४ असार मसान्तबाट बाहिरिएका हुन् । करिब ८ वर्ष बैंक अफ काठमाण्डूमा सीइओ भएर काम गरे ।

उनीसँग ३२ बर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । बिओके आउनअघि श्रेष्ठले २ वर्ष एनएमबी बैकमा काम गरेका थिए। त्यसअघि बिओकेमै ‘सेकेन्ड म्यान’ थिए। उनले त्यसअघि १५ बर्ष स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरेका थिए।

श्रेष्ठ राष्ट्र बैंकले जारी गरेका नीति निर्देशनहरु अक्षरश पालना गरेर काम गर्थे । कसैको दबाब र लोभमा नपरी नियम र कानूनभित्र रहेर काम गर्ने गरेको उनीसँगै काम गरेका बैंकरहरु बताउँछन् ।


क्लिकमान्डु