नेपालगञ्जमा एनसेलले खोल्यो नयाँ सेन्टर



काठमाडौं । एनसेलले नेपालगञ्जको पुष्पलालचोक–२ मा बिहीबार नयाँ सुविधा सम्पन्न नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ ।

एनसेलका प्रमुख प्रविधि अधिकृत अदिल इस्रारले बिहीबार एक कार्यक्रम माझ सेन्टरको उद्घाटन गरे ।

सञ्चालनमा आएको उक्त सेन्टरको प्रारुप कम्पनीको नयाँ ब्राण्ड बाचा ‘आज, भोलि, सधैसँगै’अनुरुप रहेको र ग्राहकलाई एकै स्थानबाट सम्पूर्ण ग्राहक सेवा प्रदान गर्न सक्षम रहेको एनसेलले जनाएको छ ।

नयाँ सेन्टर उद्घाटनको अवसरमा कम्पनीले आकर्षक योजना पनि ल्याएको छ । यो योजनाअन्तर्गत मंसिर ५ गतेदेखि मंसिर ७ गतेसम्म नेपालगञ्ज सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकले १ जीबी डेटा भोलुम निःशुल्क पाउनेछन् ।

प्राप्त डेटा भोलुम ३ दिनका लागि मान्य रहनेछ । यसका साथै मंसिर ७ गतेसम्म उतm सेन्टरबाट कारोबार गर्ने हरेक ग्राहकले उपहार पनि प्राप्त गर्नेछन् ।

एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाबारेमा सोधपुछ गर्न, सीम खरिद गर्न, इन्टरनेट सेटिङबारे जानकारीलगायत विभिन्न कर्पोरेट सेवा लिन सक्छन् ।

त्यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सीम फोरजीमा अपग्रेड गर्न, सीम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सीयुजी नम्बर र वीज प्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्न, बिल तिर्न, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायतका अन्य सम्पूर्ण ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।

आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभव प्रदान गर्नेे प्रतिबद्घता अनुरुप, यस नयाँ सेन्टरले ग्राहकलाई थप सेवा दिने एनसेलको विश्वास छ ।

आइतबारदेखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजेदेखि ५ बजेसम्म उक्त सेन्टरले ग्राहकलाई सेवा प्रदान गर्नेछ ।

आफ्नो ग्राहक सेवालाई अझ सहज तथा सर्व सुलभ बनाइ उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३० वटा एनसेल सेन्टर सञ्चालन गर्दै आएको छ ।


क्लिकमान्डु