कृषिमन्त्री घनश्याम भुषाललाई निवर्तमान कृषिमन्त्री खनालले गरे मन्त्रालयमा स्वागत



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बिहीबारको रौनक फरक थियो ।

राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ गरेर घनश्याम भुषाल पदबहालीका लागि आउदै थिए । मन्त्रालयमा देखिएको रोचक दृष्य भने भुषाललाई स्वागत गर्न निवर्तमान कृषि तथा पशुपन्छी विकासमन्त्री चकपाणि खनाललाई उपस्थित थिए । बाहिरिने मन्त्रीले आउनेमन्त्रीलाई शिष्टाचारको लागि बधाई दिएपनि स्वागतको लागि उपस्थित देखिएको नौलो दृष्य कृषि विकास मन्त्रालयमा थियो ।

खनालले नवनियुक्त कृषिमन्त्री भुषाललाई बधाई तथा शुभकामना दिए । भुषालले खनालले छाडेर गएका कामलाई निरन्तरता दिने बताए ।

कृषिमन्त्री भुषालले निवर्तमान कृषिमन्त्रीको सफलतामा टेक्ने र असफलताबाट शिक्षा लिने बताए ।


क्लिकमान्डु