अब पठाओ र टुटल चलाउन नपाइने, सरकारले प्रतिबन्ध लगायो (सूचनासहित)



काठमाडौं । यातायात व्यवस्था विभागले निजी सवारी साधनलाई यातायात सेवाका लागि प्रयोग गर्न नपाउने बताएको छ ।

बुधबार सूचना प्रकाशित गर्दै विभागले निजी प्रयोजनका लागि निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधन अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने उल्लेख गरेको छ ।

सूचनामा भनिएको छ, ‘कुनै एक प्रयोजनको निम्ती दर्ता भएको सवारी अर्को प्रयोजको निम्ती प्रयोग गर्न पाइने छैन भन्ने कानूनी व्यवस्था भएकोमा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त सवारी साधन भाडामा लिइ यात्रु ओसारपसार गर्न प्रयोग गरेको भन्ने जनगुनासो प्राप्त हुन आएकाले यसरी कानूनको उल्लघंन गरी निजी सवारी साधनको प्रयोग–सञ्चालन नगर्न÷नगराउन सूचना प्रकाशित गरिएको छ ।’

यदी प्रयोग गरेको पाइएमा कारबाही गरिने समेत सूचनामा उल्लेख छ ।

यातायात व्यवस्था विभागले जारी गरेको सूचनाले स्टार्टअप कम्पनी टुटल र पठाओमा असर पर्ने देखिएको छ । बाइक ट्याक्सीका रुपमा चलाइरहेका टुटल र पठाओलाई गत वर्ष पनि प्रहरीले पक्राउ गरी कारबाही गरेको थियो ।

तर प्रधानमन्त्रीको ठाडो निर्देशनमा पुनः सञ्चालनमा आइका पठाओ र टुटलको लोकप्रियता निकै बढेको छ । पठाओले बाइक सेवासँगै केही महिनादेखि ट्याक्सी समेत सञ्चालन गरिरहेको छ ।

विभागले जारी गरेको उक्त निर्देशनले निजी प्रयोजनका लागि दर्ता भइ भाडामा लगाउँदै आएका कार तथा जीप व्यवसायमा समेत असर पुग्ने भएको छ ।


क्लिकमान्डु