अब कर तिर्न मोबाइल एपबाट सकिने, विभागले ल्यायो एप



काठमाडौं । आन्तरिक राजस्व विभागले मोबाइल एप प्रयोग गरेर कर तिर्न सकिने सुविधा सहितको एप ल्याएको छ ।

करदाता दिवसको अवसरमा पारेर आन्तरिक राजस्व विभागले परिमार्जन सहित एप ल्याएको हो ।

विभागले ‘आइआरडी’ एप ल्याएको छ । जसमा करदाताले आफुले तिर्नुपर्ने कर मोबाइल एप प्रयोग गरेर तिर्न सक्छन् । प्यान रजिष्ट्ररदेखि लिएर,कर फिर्ताको जानकारी समेत एपमा उपलब्ध हुने छ ।

एप एन्ड्रोइड र आइओएसमा उपलब्ध छ ।


क्लिकमान्डु