शिवम् सिमेन्टसको ‘शिवम् कृति समारोह २०७६’ सम्पन्न




काठमाडौं । शिवम् सिमेन्टस्दद्वारा आयोजिन शिवम कृति समारोह २०७६ सम्पन्न भएको छ ।

क्वालिटीकोे मामला मा नो कम्प्रोमाइज भन्ने सिद्धान्त लिएको शिवम् सिमेन्टसले काठमाडौं को हायात होटलमा भव्य कार्यक्रमको आयोजना गरेको थियो । दुई दिनसम्म चलेको उक्त समारोहमा शिवम् सिमेन्टसले आफ्नो उत्कृष्ट डिलरहरु मध्ये सर्वोत्कृष्ट ३७ जना डिलरहरुलाई विभिन्न विधामा अवार्डहरुबाट सम्मान गरेको थियो । पहिलो दिन कोर इष्ट जोनका डिलरहरुलाई त्रिनेत्र, प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम्रिजनल डाइमण्ड, गोल्ड र सिल्भर तथा दोश्रो दिन सेन्ट्रल वेस्ट जोनको डिलरहरुलाई रिजनल अवार्डहरुको साथै नेसनल प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम् नेशनल डाइमण्ड, गोल्ड तथा सिल्भर अवार्डहरु बाट सम्मानित गरिएको थियो ।

उक्त समारोहमा नेपालको चर्चित कलाकारहरुका साथै भारतका ख्यातिप्राप्त कलाकार राजु श्रीवास्तवको बेजोड मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो । उक्त कार्यक्रममा देशका हरेक भूभागबाट उपस्थित डिलरहरुको बाक्लो उपस्थिति रहेको थियो ।


क्लिकमान्डु