वित्तीय क्षेत्रमा गलत सोच भएका व्यक्ति हाबी भए: गभर्नर नेपाल



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा पैसाको महत्व नबुझेका गलत सोच भएका प्रतिनिधिहरु रहेको बताएका छन् । वित्तीय जागरण अभिवृद्धि गर्ने कार्यक्रमहरु बैंक तथा वित्तीय क्षेत्रहरुले सहभागी हुन चासो नदेखाएको भन्दै गभर्नर नेपालले पैसाको महत्व नबुझेको गलत सोच भएका व्यक्तिहरु रहेको बताएको हुन् ।

‘बैंकिङ एक्पो शुरु भएको ३ वर्ष भइसक्यो तर यसको प्रभावकारीता बैक तथा वित्तीय क्षेत्रमा न्युन छ,’ गभर्नर नेपाल भने,‘अत्यन्तै पढेलेखेका व्यक्तिहरु यो काम गर्छन् तर कसरी पैसा कमाउने, पैसाको सदुपयोग कसरी गर्ने र मान्छेलाई कसरी धनी बनाउने भन्ने विषयमा भएको कार्यक्रममा उनीहरुको सहभागी न्युन हुँदा यो क्षेत्रमा नै गतल मान्छे पुगेका छन् भन्ने हुन्छ ।

नेपालमा बैंकिङ एक्पो सन् २०१७ देखि शुरु भएको हो । हाल काठमाडौंको भृकृटी मण्डपमा तेस्रो बैंकिङ एक्पो २०१९ सञ्चालन भइरहेको छ । सो एक्पोको पहिलो संकरणमा ४० वटा, दोस्रोमा ४२ वटा बैंक तथा वित्तीय संस्थाहरुको सहभागीता थियो भने तेस्रो संसकरणमा ४८ वटा बैंक तथा वित्तीय संस्थाहरुको सहभागीता रहेको छ ।

नेपालमा २०० भन्दा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु संचालनमा छन् । बैंकहरुले हाल सम्म ३५ खर्ब रुपैयाँ निक्षेप संकलन गरि १४ हजार ऋणीलाई ३४ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकिङ एक्सो २०१९ को उद्घाटन गर्दै गभर्नर नेपालले बैंक तथा वित्तीय संस्थाहरु व्यवसायमुखी भन्दापनि सेवामुखी बढी हुनुपर्ने बताउँदै बैंकिङ क्षेत्र, बीमा क्षेत्र र पुँजी बजार क्षेत्रमा सर्वसाधारणमा वित्तीय पहुँज बढाउने कार्यक्रमहरुमा आगामी दिनमा झारो टार्ने प्रकारको सहभागीताभन्दा वृहत रुपमा सहभागी हुन निर्देशन दिए । पैसाको सहि सदुपयो कसरी गर्ने भने सम्बन्धीत निकायहरु सर्वसाधारणमा बुझाउन नसक्दा नेपालीहरु गरीबीको रेखामुनी परेको उनको भनाई छ ।

सो कार्यक्रममा नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ र लघुवित्त बैंकर्स संघका प्रतिनिधिहरुले बैंकिङ एक्पोले वित्तीय पहुँच विस्तारमा ठुलो मद्दत गरेको र सबैले आ– आफ्नो क्षेत्रबाट यसका लागि सहयोग गर्नेे बताएका थिए ।

यस्तै कार्यक्रममा धितो पत्र बोर्ड, बीमा समिति, नेपाल बैंकर्स संघ, डेभपलमेन्ट बैंकर्स संघ, लघुवित्त बैंकर्स संघ, लगाएत विभिन्न बैंक, बीमा कम्पनी तथा लघुवित्त कम्पनीका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । बैंकिङ एक्सो २०१९ आजबाट शुरु भइ मंसिर २ गतेसम्म सञ्चालन हुनेछ ।


क्लिकमान्डु