राज्यलाई आत्मनिर्भर बनाउन क्षमता अनुसार कर लगाएको होः अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अध्याँरोबाट उज्यालो तर्फ जान लागेको बताएका छन् ।

आठौं कर दिवसको साताब्यापी कार्यक्रमको उद्घाटन गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन । उनले भित्र अध्यारोमा बसेर बाहिर निस्कदा उज्यालोले आँखा चिरमिर हुने र केही समयमा पुन त्यो समस्या ठिक हुँदै जाने बताए । अहिले व्यवसायी जगतमा पनि यहि समस्या देखिएको मन्त्री खतिवडाको तर्क छ ।

उनले भने ‘हामी अहिले अध्यारोबाट उज्यालमो जाने तर्खरमा रहेका छौं । त्यसको सुरुवात भिसिटिएस प्रणाली, प्यान नम्बरबाट सफल भइसकेका छौं । अब सबै प्रणालीमा बानी पर्छ । सबैको यात्रा अब उज्यालो तर्फ नै हो ।’

हामी सबैलाई उज्यालोतर्फ सँगसँगै, डोर्याएर जाने भएकोले त्यही रुपमा बुझिदिन समेत आग्रह गरेका छन् ।

मन्त्री खतिवडाले मन्त्रीले धेरै कर लगाएर अलोकप्रिय बन्यो भन्ने चर्चा रहेको उल्लेख गर्र्दै राज्यलाई आत्मनिर्भर बनाउनको लागि क्षमता अनुसारको कर लगाएको तर्क गरे । उनले दक्षिण एसियामा नेपाल कम ऋण भएको मुलुकको रुपमा चिनिएको समेत जानकारी गराए । उनका अनुसार अहिले राजस्व प्रणालीले सहयोग गरेको छ ।

सरकारले यति बेला व्यवसायीको लागि सहज ब्यवसायिक बाताबरण बनाउन कानून निर्माण लगायतको काम भइरहेको उल्लेख गरे । राजश्व चुहावट ऐनमा जेल हाल्ने कुरा पहिलाको भन्दा घटाएको बताए । उनले भने ‘पहिल त्यो विषयमा निजी क्षेत्र क्षेत्र केही बोलेन, अहिले किन यत्रो चर्चा भएको हो मैले पनि बुझेको छैन ।’ संसदले बनाउने कानून पालना गर्दिन भन्न कोहि पनि नपाउने भएकोले त्यसको त्यसको बहस समितिको बैठकमा नै गर्न उपयुक्त हुने जानकारी गराए । सुधारको तयारीमा रहेका केही कानूनहरु समयमा नै सुधार गर्ने प्रतिबद्धता पनि जनाए ।

भर्खरै सरकारले केही करको दरमा परिवर्तन गरेको र त्यसको कारण भने व्यवसायीक बाताबरणमा देखिएको समस्या नै रहेको बताए । आर्थिक ऐनले दिएको सुविधा अनुसार नै करको दरमा परिवर्तन गरेको मन्त्रीको दाबी छ । मदिरा लगायतका बस्तुमा समायोजन गरेको उनको भनाई ।

अब सरकारले मोबाइल बाट नै कर तिर्ने बाताबरण बनाउँने तर्फ लागेको मन्त्रीले बताए । व्यवसायीले स्वेच्छिक रुपमा मोबाइल बाटै कर तिर्दा त्यसमा अनुगमन आवश्यक पर्ने जनाए । मन्त्रीले तयारी पोशाक र भन्सार दरमा केही नमिलेको भएर त्यो मिलाउन सरकार तयार रहेको पनि जानकारी गराए ।

अनौपचारीक रुपमा रहेको व्यवसायलाई औपचारीकमा ल्याउने र कतिपयले गैर कानूनी काम गरेका भए त्यसलाई कानूनी रुपमा ल्याउने तर्फ सरकार लागेको मन्त्रीको भनाई छ ।

कार्यक्रममा बढी कर तिरेर सम्मानित हुनेलाई हरेक वर्ष नेपाली फूलको माला लगाउन पाईयोस भन्दै कामना गरे । विभागले कर उठाउने अनि माला चाँही आयात गरेको फूलको हुँदा सन्तुलन नमिल्ने बताए ।

कार्यक्रममा मन्त्री खतिवडाले आफू राष्ट्र बैंकको गभर्नर भएको समयमा अर्थ मन्त्रालयले साढे चार अर्ब रुपैयाँ ठाडो चेक काटेर अघि बढेको राष्ट्रिय बाणिज्य बैंकले अहिले ५ अर्ब कर तिरेकोमा निकै खुसी देखिए । उनले भने त्यो ‘समयमा हामीले सादा कागजमा साढे ४ अर्बको ठाडो चेक काटेका थियौ । त्यो बेला धेरैले किन यसो गरेको भनेर आलोचना गर्नुभयो । अहिले त्यही बैंकले राज्यलाई साढे ५ अर्ब कर रितेको छ ।’


क्लिकमान्डु