प्रभु बैंकको १ अर्ब बराबरको डिबेञ्चर बाँडफाँड




काठमाडौं । प्रभु बैंकले एक हजार अंकित दरको १० वर्षको भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने गरी जारी गरेको . १ अर्ब बराबरको “१०.२५५ प्रभु बैंक डिबेञ्चर–२०८६” ऋणपत्र बाँडफांड गरेको छ । उक्त डिबेञ्चर २०७६ साल कार्तिक २१ गतेदेखि सार्वजनिक निष्काशन गरिएको थियो ।

न्यनुतम २५ कित्ता र अधिकतम् ४,००,००० कित्तासम्मको लागि आवेदन गर्न पाउने प्रभु बैंकको ऋणपत्रलाई इक्रा नेपालले न्युन कर्जा जोखिम रेटिङ्ग गरेको थियो ।

प्रभु बैंकले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्कान को माध्यमबाट तथा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता ऋणपत्र परिपत्र विधिबाट संस्थागत÷व्यक्तिहरुलाई विक्रीका लागि निष्काशन गरेको थियो ।


क्लिकमान्डु