काठमाडौं । एनआईसी एशिया बैंकले विगतका विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म पनि बुझिलिन बाँकी भए सो लाभांश रकम यथासिघ्र लिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।
बैंकले लाभांश लिने पूर्जी लिई बैंकको सहायक कम्पनी एनआईसी एशिया क्यापिटलबाट लाभांश प्राप्त गरी यथाशीघ्र आफ्नो खातामा जम्मा गर्न शेयरधनीलाई अनुरोध गरेको छ ।
साथै लाभांश पूर्जी लिई सकेका शेयरधनीहरुले समेत सो पूर्जी आफ्नो बैंक खातामा यथाशीघ्र जम्मा गर्न समेत बैंकले अनुरोध गरेको छ । यसैगरी, लामो समयदेखि बुझिलिन बाँकी लाभांश रकम प्रचलित ऐन कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ । आ.व. २०७५÷७६ मा बैंकले घोषणा गरेको लाभांश रकम सम्बन्धित शेयरधनीको खातामा बैंकले जम्मा गरिसकेको तथा डिम्याट खाता नभएका शेयरधनीको मात्रै लाभांश रकम जम्मा गर्न बाँकी रहेकोले यथाशीघ्र यस बैंक तथा बैंकको सहायक कम्पनीमा सम्पर्क राखी आफ्नो शेयर डिम्याट गराउन समेत सम्पूर्ण शेयरधनीलाई अनुरोध गरेको बैंकले जनाएको छ ।
ट्वीटरमा हामीलाई फलो गर्नुहोस् Follow @clickmandu_com
तपाईको प्रतिक्रिया