सिटी एक्सप्रेसले दियो मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट




काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरेको छ ।

जाडोयामलाई लक्षित गरि मानव सेवा आश्रममा आश्रित सबै जनालाई जाडोबाट बच्न उक्त ज्याकेट वितरण गरिएको कम्पनीले जनाएको छ ।

उक्त अवसरमा सिटी एक्सप्रेस ग्रुप अन्र्तगतका भगिनी संस्थाहरु मध्ये सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रशासकीय निर्देशक कृष्णराज पौडेल, सिटी एक्सप्रेस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे, र सिटी एक्सप्रेस बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत नारायण बस्नेतद्धारा संयुक्त रुपमा मानव आश्रमका अध्यक्ष रामजी अधिकारीलाई उक्त ज्याकेटहरु एक समारोह बिच हस्तान्तरण गरिएको थियो ।


क्लिकमान्डु