प्रभु बैंकको लाभांशलाई राष्ट्र बैंकले दियो स्वीकृती



काठमाडौं । प्रभु बैंकले सेयर लगानीकर्तालाई दिने भनेको लाभाशं नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको छ ।

बैंकले लगानीकर्तालाई दिने भनेको १६.८२ प्रतिशत लाभांश अब बैंकको साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

बैंकले लगानीकर्तालाई आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीलाई १६.८२ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ ।

बैंकले लगानीकर्तालाई १६ प्रतिशत बोनस र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश वितरण दिने घोषणा छ । बैंकको अब बस्ने साधारण सभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउने छन् ।


क्लिकमान्डु