चार वटा वित्तीय संस्थाको ७ अर्ब ७० करोड रुपैयाँको ऋणपत्र पाइपलाइनमा
काठमाडौं । चार वटा संस्थाले ऋणपत्र ल्याउने भएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार ३ वटा वाणिज्य बैंक र एउटा फाइनान्स कम्पनीसहित ४ वटा संस्थाको ७ अर्ब ७० करोड पाइपलाइनमा रहेको छ ।
उक्त सेयरमध्ये ३० लाख ८० हजार ऋणपत्र मात्रै सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीतिमा नै बैंकहरुले कोर क्यापिटलको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने बाध्यकारी नीति लिएपछि बैंकहरु ऋणपत्र ल्याउन तम्सिएका हुन ।
यतिबेला धितोपत्र बोर्डको पाइपलाइनमा कुमारी, नेपाल एसबीआई, आईसीएफसी फाइनान्स र नबिल बैंक ऋणपत्र ल्याउने पाइपलाइनमा रहेका छन् ।
ऋणपत्र ल्याउनका लागि बोर्डको पाइपलाइनमा रहेका ३ वटा वाणिज्य बैंक र एउटा फाइनान्स कम्पनीमध्ये सबैभन्दा बढी कुमारी बैंकको रहेको छ ।
बैंकले ‘१०.२५ प्रतिशत कुमारी बैंक ऋणपत्र २०८६’ जारीको तयारीमा रहेको छ । यसको लागि बोर्डले स्विकृती दिनुपर्ने छ । कुमारीले ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्रको लागि बोर्डमा आवेदन दिएको छ ।
३० लाख कित्ता जारीको तयारीमा रहेपनि सर्वसाधारणले भने १२ लाख कित्तामा मात्रै आवेदन दिन पाउने छन् । बाँकी रहेको कित्ता बैंकले म्यूचुअल फण्डलाई दिने र केही प्रतिशत आफै बिक्री गर्ने छ ।
यता नेपाल एसबीआई बैंकले ‘१० प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र २०८६’ जारी गर्नका लागि बोर्डको पाइपलाइनमा छ । बैंकको २ अर्ब ५० करोड रुपैयाँको २५ लाख कित्ता ऋणपत्र ल्याउन लागेको छ ।
नबिल बैंकले पनि १० प्रतिशत नबिल बैंक ऋणपत्र २०८२ जारी गर्ने भएको छ । बैंकले २ अर्ब रुपैयाँको २० लाख कित्ता ऋणपत्र जारी गर्नको लागि बोर्डको पाइपलाइनमा रहेको छ ।
उक्त पाइपलाइनमा रहेको ऋणपत्रमा ८ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् । उक्त ऋणपत्रमा आवेदन दिनका लागि प्रति कित्ता १ हजार रुपैयाँ लाग्ने छ ।
Name of Company | No. of Units | Amount of Issue | Public Issue Units |
kumari Bank Ltd. (10.25%, Kumari Bank Debenture 2086) | 3,000,000 | 3,000,000,000 | 1,200,000 |
Nepal SBI Bank Ltd. (10%, Nepal SBI Bank Debenture 2086) | 2,500,000 | 2,500,000,000 | 1,000,000 |
ICFC Finance Ltd. (12%, ICFC Finance Ltd. Debenture 2083) | 200,000 | 200,000,000 | 80,000 |
Nabil Bank Ltd. (10%, Nabil Bank Debenture 2082) | 2,000,000 | 2,000,000,000 | 800,000 |
Total | 7,700,000 | 7,700,000,000 | 3,080,000 |