प्रधानमन्त्री ओली अस्वस्थ, ग्राण्डी अस्पतालमा भर्ना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि ग्राण्डी अस्पतालमा लगिएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा लगिएको हाे । ग्राण्डीमा उपचार गराइरहेका ओलीको स्वास्थ्य अवस्थाको विस्तृत रिपोर्ट भने आउन बाँकी रहेको बताइएको छ ।
विगत १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेकाद प्रधानमन्त्री ओलीले नियमति स्वास्थ्य जाँच गराउँदै आएका छन् । यस अघि उनले टिचिङ अस्पतालमा स्वास्थ्य चाँच गरेका थिए ।
यस्तै लगभग दुई महिना अघि प्रधानमन्त्री ओलीलाई सिङ्गापुरमा लगेर उपचार गरिएको थियो ।