काठमाडौंको टोखामा प्राइम बैंकले खोल्यो दुईवटा शाखा
काठमाडौं । प्राइम कमर्सियल बैंकले टोखा नगरपालिकामा दुईवटा नयाँ शाखाहरुको शुभारम्भ गरेको छ । यी शाखाहरुको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ९९ पुगेको छ ।
स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहकाबीच बैंकका संचालक नरेन्द्र बज्राचार्यले ग्राण्डी शाखा र संचालक मनोज पौडेलले बानियांटार शाखाको उदघाटन गरेका छन् ।
यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै जाने जनाएको छ ।