आज धनतेरसः तपाईको राशि अनुसार यो सामान किन्नु उत्तम हुन्छ



काठमाडौं । तिहारको पहिलो दिन धनतेरसमा बहुमुल्य वस्तु खरिद गर्नुलाई शुभ मानिन्छ । हिन्दु परम्पराका अनुसार धनतेरसका दिन यस्ता बहुमूल्य बस्तु खरिद गर्ने व्यक्तिको घरमा बर्ष दिनभरी नै धनका देवता कुवेर र माता लक्ष्मीको आशिष रहन्छ ।

तर धेरै मानिसलाई थाहा नहुन सक्छ, माता लक्ष्मीको आशिष पाउँनका लागि आफ्नो राशि अनुसारका बस्तु खरिद गर्नु आवश्यक हुन्छ ।

धनतेरसका दिन कुन राशिका ब्यक्तिले कस्तो सामान गरिद गर्ने ?

मेष- सुन वा पितलको भाडा खरिद गरेमा स्वास्थ्य अवस्था अनुकुल हुन्छ र धन बच्छ ।

वृष- चाँदीको मूर्ती वा गरगहना खरिद गरेमा जीवनमा आउने उतारचढावको ब्यवस्थापन हुनेछ भने परिवारमा शान्ति छाउने छ ।

मिथून- कांसको भाडाकुडा खरिद गरेमा भ्रमबाट बच्न सकिन्छ र पैसाको मामलामा सहि निर्णय लिन सकिन्छ ।

कर्कट- चाँदीको भाडाकुडा वा सिक्का खरिद गरेमा भावना नियन्त्र हुन्छ र सम्पत्ति बचाउँन सकिन्छ ।

सिंह- तामाको भाडा कुडा र पानी पात्रको खरिद गर्नुलाई उत्तम मानिन्छ । स्वास्थ्य अवस्थामा सुदुढ हुनुका साथै रिस नियन्त्रणमा आउँछ ।

कन्या- चाँदीका गहना वा माला खरिद गर्नु पर्ने हुन्छ । यस्तो गरेमा उपयुक्त समयमा उपयुक्त निर्णय गर्न सकिन्छ ।

तुला- चाँदीको लक्ष्मी खरिद गर्ने । लक्ष्मीको आशिसबाट व्यापारघाटा र जागिरको बाधा हट्ने छ ।

वृक्षिक- तामा वा पितलको भाडाकुडा खरिद गर्ने । जस्ले वैवाहिक जीवन सुखी हुन्छ र सन्तानको बाधा समाप्त हुन्छ ।

धनु- सुन वा पितलको मूर्ति खरिद गरेमा तपाईको स्वभाव सन्तुलित हुन्छ । साथै, धन आर्जन गर्ने बाटो खुल्छ ।

मकर- कांस वा जस्ताको भाडा कुडा खरिद गरेमा ठूलो धनको क्षति हुनबाट बचाउँछ । साथै, सम्पति आर्जन गर्ने अवसर प्राप्त हुन्छ ।

कुम्भ- स्टीलको भाडाकुडा खरिद गरेमा सम्पतिको विषयमा गम्भिर बनाउँनेछ र आश मारेको सम्पति प्राप्त हुन्छ ।

मीन- चाँदी वा तामाको सिक्का खरिद गरेमा फजुल खर्च कम हुनुका साथै पारिवारिक विवादको अन्त्य हुन्छ ।


पुष्प दुलाल