मिडिया हब र जिक्रीबीचको विवाद मिल्यो, भद्रगोल र सक्किगोनी नियमित प्रसारण हुने



काठमाडौं । आफ्नो पात्र र चरित्र चोरेको भन्दै प्रहरी कार्यालय पुगेको मिडिया हब र दुःख दिएको बताउने कुमार कट्टेल र अर्जुन घिमिरे समूहबीचको विवाद मिलेको छ ।

विवाद कसरी मिल्यो भन्ने बारेमा उनीहरुले स्पष्टसँग केही नबताएपनि मिडिया हब र जेपिटी क्रियाशनबीचको विवाद समाधान भएको छ ।

विवाद समाधान भएपछि सक्किगोनी नामक टेलिसिरियल बनाउँदै आएका कुमारले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् हामीहरुबीचको विवाद समाधान भयो ।

उनले फेसबुकमा लेखेका छन् –पछिल्लो समय मिडिया हब प्रालिर ‘सक्किगोनी’ हास्य टेलिसिरियल बिच उत्पन्न विवाद दुवै पक्ष बसी आपसी समजदारीमा टुंगोमा पुरेयाइएको छ । हास्य टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगोनी’ यहाँहरुले नियमित रुपमा हेर्न पाउनुहुनेछ ।

कुमारले भनेका छन् कलाकार र सर्जकको मिडिया हब प्रालिले पनि सम्मान गर्ने र सर्जक कलाकारले पनि मिडिया हब प्रालिको योगदान र सहयोग लाई सम्मान गर्दै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछौं ।

पछिल्लो समयमा उत्पन्न बिबादित विषय यहि टुंगिएको र आगामी दिनमा यो विषय दुबै पक्षले नउठाउने सहमती भएको जानकारी गराउदछौ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा मिडिया हब प्रालि र सक्किगोनी सिरियल प्रती देखाउनुभएको सहानुभुति,माया,सद्भावप्रति सम्पूर्णमा कृतज्ञ छौँ ।

दुवै टेलिफिल्म नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।


क्लिकमान्डु