भाईटिकाको अर्को दिन सार्वजनिक बिदा



काठमाडौं । सरकारले भाईटिकाको अर्कोदिन सार्वजनिक बिदा दिएको छ । नेवार समुदायले भाईटिका कात्तिक १३ गते मनाउने भन्दै ज्ञापनपत्र दिएर सार्वजनिक बिदाको माग गरेका थिए ।

गृहमन्त्रालयले सूचना जारी गर्दै कात्तिक १३ गते सार्वजनिक बिदा रहेको जनाएको छ ।

पांजाग निर्णायक समितिले भने कात्तिक १२ गते भाईटिका रहे अनुसारको क्यालेन्डर निकालेको थियो ।


क्लिकमान्डु