कञ्चन डेभलपमेन्ट बैंकको नाफा १६.७६ प्रतिशतले बढ्दा अन्य सूचक कस्ता ?



काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले चालु आवको पहिलो त्रैमासमा १ करोड ३९ लाख ९२ हजार ६९० रुपैयाँ नाफा आर्जन गरेको छ । जुन नाफा गत आवको सोहि अवधिको तुलनामा १६.७६ प्रतिशतले बढी हो । बैंकले गत आवको सोहि अवधिमा १ करोड १९ लाख ८६ हजार ६६ रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी ५१.०७ प्रतिशतले बढेर ७ करोड २५ लाख २५ हजार ३९ रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा १६.७४ प्रतिशतले बढेर १ करोड ३९ लाख ९२ हजार ६९० रुपैयाँ पुगेको छ ।

५३ करोेड १३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ करोड ४९ लाख ६२ हजार ८३२ रुपैयाँ रहेको छ । ५ अर्ब ८१ करोड ५२ लाख ६२ हजार ५३७ रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४ अर्ब ५९ करोड २१ लाख ९३ हजार ८६६ रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत आवको पहिलो त्रैमासमा १.८० प्रतिशत खराब कर्जा रहेको बैंकको चालु आवको सोहि अवधिमा आईपुग्दा घटेर १.४६ प्रतिशत रहेको छ । १० रुपैयाँ ५३ पैसा प्रति सेयर आम्दानी रहेको बैंकको प्रति सेयर नेटवर्थ १३६ रुपैयाँ ७६ पैसा रहेको छ ।


क्लिकमान्डु