दशैं सकिएसँगै बैंकमा पैसा फर्कियो, एक सातामा ४७ अर्ब रुपैयाँले निक्षेप बढ्यो



काठमाडौं । दशैं सकिएपछि बैंकरुमा निक्षेप बढेको छ । दशैको बेलामा निक्षेप संकलन गर्नेभन्दा झिक्ने ग्राहकहरु बढेर निक्षेप संकलन सुस्ताएको बैकहरुको निक्षेप असोजको अन्तिम सातामा नै ४७ अर्ब रुपैयाँले निक्षेप बढेको हो ।

गत असोजको २४ गतेसम्म बैंकहरुले २९ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए भने कात्तिक १ गतेसम्म २९ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।
गत भदौ मसान्तसम्म बैंकहरुमा २८ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप थियो । असोजको पहिलो सातामा २० अर्ब रुपैयाँ निक्षेप बढाउँदै असोज २ गतेसम्म २८ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप थियो ।   बैंकहरुमा असोजको १० गतेसम्म २९ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

असोजको तेस्रो सातादेखि दशैंको बिदा शुरु भएको थियो । दशैं बिदा शुरु हुनु अगाडि असोज १७ गतेसम्म बैंकहरुको निक्षेप संकलन ६ अर्ब रुपैयाँले घटेको थियो । उक्त अवधीसम्म बैंकहरुमा २९ खर्ब २० अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

दशैंको बेलामा बैंकबाट बाहिरीएको पैसा दशैं असोजका २४ गतेसम्म ४ अर्ब रुपैयाँ फिर्ता आएको थियो । भने दशैं सकिएको १ हप्तामा नै बैकिङ प्रणालीबाट बाहिरिएको पैसा फिर्ता आएको छ ।

असोजको २४ गते सम्म बैंकमा २९ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

यो भने उक्त निक्षेप ४७ अर्ब रुपैयाँले वृद्धि भएर कात्तिकको १ गतेसम्म बैंकहरुमा निक्षेप संकलन २९ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ । असोज महिनामा मात्र बैंकहरुले १ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन बढाएका हुन् ।

यस्तै, निक्षेप संकलनको रेसियोमा बैंकहरुको कर्जा विस्तार भने केही सुस्ताएको छ । गत भदौ २७ गतेसम्म २५ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले कात्तिक १ गतेसम्म २६ खर्ब २६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । १ महिनामा बैंकहरुले ७५ अर्ब रुपैयाँले कर्जा लगानी बढाएका हुन् ।


क्लिकमान्डु