९ कम्पनीका साढे १६ अर्बको हकप्रद सेयर पाइनलाइनमा, कसको कति आउँदैछ ?



काठमाडौं । धितोपत्र बोर्डमा १६ अर्ब ५९ करोड ९० लाख ८० हजार ३७१ रुपैयाँको १६ करोड ५९ लाख ९० हजार ८०३ कित्ता हकप्रद सेयर पाइपलाइनमा छ ।

बोर्डका अनुसार अहिले ९ वटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा छ । हकप्रद सेयर पाइपलाइनमा रहेका कम्पनीमा जलविद्युत कम्पनी, बीमा कम्पनीलगायतका छन् ।

बोर्डका अुनसार ४ वटा जलविद्युत कम्पनी, ४ वटा बीमा कम्पनी र साइराम सुगर मिल्स छन् ।

बोर्डमा पाइपलाइनमा रहेका कम्पनीमा सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको छ । कम्पनीले ११ अर्ब रुपैयाँको ११ करोड कित्ता हकप्रद सेयर ल्याउने तयारीमा छ ।

त्यस्तै अपी पावर कम्पनीले २ अर्ब २६ करोड ८० लाख रुपैयाँको २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद सेयर पाइपलाइनमा छ । सबैभन्दा कम भने बरुण हाईड्रोपावर कम्पनी छ । वरुणले २५ करोड ५१ लाख ५० हजार रुपैयाँको २५ लाख ५१ हजार ५ सय कित्ता हकप्रद पाइपलाइन राखेको छ ।

बोर्डमा पाइपलाइनमा रहेका हकप्रदमध्ये साइराम सुगर मिल्स प्रालिको सेयर २०७४ वैशाख २८ गतेदेखि बोर्डमा छ । उक्त कम्पनीको बोर्डले मागेको कागजात पटक-पटक आवश्यक कागजात पेश गरिसकेको छ । कागजात पेश गरेपनि अहिलेसम्म अनुमति भने पाएको छैन ।

बोर्डमा रहेको कम्पनीमध्ये बाँकीले २०७५ र २०७६ सालमा हकप्रदका लागि आवेदन दिएका छन् ।

बीमा कम्पनीहरुले हकप्रद सेयर पुँजी वृद्धिको लागि दिन लागेका छन् । बीमा समितिले जीवन बीमालाई २ अर्ब र निर्जीवन बीमा कम्पनीलाई १ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो । समितिले उक्त निर्देशन दिएको लामो समय भएपनि कम्पनीहरुले पुर्याउन सकेका छैनन् । पुँजी पुर्याउन नुसकेर हकप्रदको बाटो रोजेका छन् ।


क्लिकमान्डु