प्रधानमन्त्री ओली र अर्थमन्त्री खतिवडालाई ठूलो सफलता, डुइङ बिजेशन इन्डेक्समा नेपालले गर्यो सुधार



काठमाडौं । व्यवसायिक वातावरण सुधार गरेकोमा सरकारले अहिलेसम्मकै ठूलो सफलता प्राप्त गरेको छ ।

विश्व बैंकले प्रकाशित गरेको डुइङ बिजनेश रिपोर्टमा नेपालले अघिल्लो वर्षको तुलनामा ठूलो सुधार गरेको छ । गत वर्ष ११० स्थानमा रहेकोको नेपालको स्थान यो वर्ष ९४ स्थानमा उक्लेको छ ।

अघिल्लो वर्ष नेपालको स्थान १०६ बाट ११० मा पुगेपछि अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक रुपमा नै असन्तुष्टी जनाएका थिए ।

नेपालको स्थान अघिल्लो वर्षको भन्दा सुधार भएपनि आर्थिक सुधार गर्ने २० वटा देशमा भने परेको छैन ।

दक्षिण एशियामा सबैभन्दा कम ६३ औं स्थानमा भारत रहेको छ ।

नेपालको १० सुचाकंमा ५ वटामा सुधार गरेको छ भने ३ वटामा स्थान तल झरेको छ र २ वटा सूचकमा स्थिर रहेको छ ।


क्लिकमान्डु