सेयर बजार ८ अंकले बढ्दा कसले कमाए, कसले गुमाए ?
काठमाडौं । सेयर बजारमा सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ७.७९ अंकले बढेर ११४२.६० बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.६८ अंकले बढेर २५०.१७ बिन्दुमा रोकिएको छ ।
१५३ कम्पनीको ६ लाख ४ हजार ७२८ कित्ता सेयर १६ करोड ३७ लाख ५७ हजार ८४७ रुपैयाँको सेयर किनबेच भएको छ । बैंकिङ समूहको ६.६, होटल २१.५१, डेभलपमेन्ट बैंक ७.६३, जलविद्युत १६.३, निर्जीबन बीमा ९.७७, माइक्रोफाइनान्स ८.३९, जीवन बीमा समूहको उपसूचक ४८.२८ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ । बैंकको २ करोड ७२ लाख १६ हजार ३७६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआईसी एसिया बैंक र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था रहेका छन् ।
कारोबारमा नेको इन्स्योरेन्स, हिमालयन पावर पार्टनर, सेन्ट्रल फाइनान्स, सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले कमाएका छन भने दिव्यश्वरी हाईड्रोपावर, सपोर्ट माइक्रोफाइनान्स,तारागाँउ रिजेन्सी होटल, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् ।