इन्फिनिटी लघुवित्तले संशोधन गरेर ल्यायो नयाँ लाभांश दर



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले संशोधन गरेर लाभांश दर सार्वजनिक गरेको छ ।

यसअघि संस्थाले १५.७९ प्रतिशत लाभांश दिने भनेपछि राष्ट्र बैंकले रोकेको थियो । अहिले भने राष्ट्र बैंकको निर्देशन अनुसार पहिलाको भन्दा घटाएर १५ प्रतिशत लाभांश दिने जनाएको छ ।

संस्थाले चुक्ता पुँजी २० करोड ७४ लाख रुपैयाँको १० प्रतिशतले हुने आउने २ करोड ७ लाख ४० हजार रुपैयाँ बोनस र ५ प्रतिशत नगद लाभाशं दिने जनाएको छ । बैंकले ५ प्रतिशत नगद लाभांशको लागि १ करोड ३ लाख ७० हजार रुपैयाँ छुट्याएको छ ।


क्लिकमान्डु