कर्पोरेट सुपर सिक्स– सिजन ६ को मूख्य प्रयोजकमा माछापुच्छ्रे बैंक




काठमाडौें । माछापुच्छ्रे  बैंकको मुख्य प्रायोजनमा कर्पोरेट सुपर सिक्स– सिजन ६ आयोजना हुने भएको छ । माछापुच्छ«्रे बैंक र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीवीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा माछापुच्छ«्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात यो वर्षको कर्पोरेट सुपर सिक्स टुर्नामेन्टको नाम माछापुच्छ«्रे बैंक, कर्पोरेट सुपर सिक्स टुर्नामेन्ट– सिजन ६ रहनेछ ।


क्लिकमान्डु