लक्ष्मी बैंकद्वारा माई कार्ड आइडियाज प्रतियोगिताको विजेता घोषित



काठमाडौं । लक्ष्मी बैंकले सञ्चालन गरेको “माई कार्ड आइडियाज” नामक क्राउडसोर्सिङ्ग प्रतियोगिताको विजेताको घोषणा भएको छ । उक्त प्रतियोगिताको विजेता डिजाइनर टीशा श्रेष्ठ भएका छन् ।

क्राउडसोर्सिङ्गको अवधारणामा यस्तो प्रतियोगिता गर्ने लक्ष्मी बैंक पहिलो बैंक हो । यस प्रतियोगिता अन्तर्गत नेपालका सातैवटा प्रदेशको विविध संस्कृति, सम्पदा र प्राकृतिक सुन्दरता झल्काउने अवधारणा सहितको बैंकको नयाँ भिसा कार्डको डिजाइन आव्हान गरिएको थियो । नयाँ भिसा कार्डहरुले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्घनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एक महिनासम्म चलेको यस प्रतियोगिताबाट प्राप्त डिजाइनहरुबाट विज्ञ निर्णायकहरुको समूहले टीशा श्रेष्ठको डिजाइनलाई उत्कृष्ट घोषित गरेको हो । विजेता टीशा श्रेष्ठले सातैवटा प्रदेशको कार्डको डिजाइनवापत कूल ३ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउँनेछिन् ।


क्लिकमान्डु