सेयर बजारमा सामान्य सुधार, २ बैंकको मात्रै करोडमाथी कारोबार



काठमाडौं । सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । नेप्से मापन गर्ने सूचक २.४० अंकले बढेर ११३४.७९ बिन्दुमा रोकिएको छ । १५५ कम्पनीको कारोबारमा ६ लाख ४५ हजार ४५३ कित्ता सेयर १६ करोड ५२ लाख ९६ हजार ५ रुपैयाँको सेयर किनबेच भएको छ ।

११ कम्पनीको कारोबारमा बैकिङ ४.४५, विकास बैंक १.६२, जलविद्युत १.३७, उत्पादन तथा प्रशोधन ९.४५, माइक्रोफाइनान्स १.२७, जीवन बीमा समूहको उपसूचक १९.०६ अंकले बढेको छ । यता निर्जीबन बिमा समूहको उपसूचक १७.७१ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा नबिल बैंक अग्रस्थानमा देखिएको छ । नबिल बैंकको १ करोड ३२ लाख २३ हजार ५५ रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा प्रभु र एभरेष्ट बैंक रहेका छन् । यो दिनको कारोबारमा करोड बढीको कारोबार हुनेमा नबिल र प्रभु बैंक मात्रै रहेको छ । बाँकी कम्पनीको कारोबार लाखमा झरेको छ ।

लक्ष्मी इक्वीटी फण्ड, हिमालयन डिस्ट्रिलरी, नेपाल इन्स्योरेन्स, सूर्यलाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन भने गुमाउनेमा एभरेष्ट बैंकको कन्भटे«ेबल सेयर, रिलायन्स फाइनान्स, सगरमाथा इन्स्योरेन्स, आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् ।


क्लिकमान्डु