भारतीय व्यापारी सुन तस्करमा संलग्न, विभागले ८ करोडको बिगो राखेर मुद्दा दायर गर्यो



काठमाडौं । भन्सार छलेको सुन बिक्री गर्ने भारतीय व्यापारी विरुद्द राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।

भारत पलिया खिरी घर भई हाल जिल्ला धनगढी बस्ने वर्ष द्दछ को अतुल वर्मा र उनका वाबु जिल्ला धनगढीमा नै बस्ने शिवम् सुनचाँदी पसलका सुशिल कुमार राजपुत विरुद्द ८ करोड बिगो माग राखेर धनगढी जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

अतुल वर्माले आफ्ना बुवा सुशिलकुमार राजपुतको नाममा दर्ता भएको शिवम् सुनचाँदी पसलको आडमा भन्सार चोरी पैठारी गरी नेपाल ल्याएको सुन चाँदीहरु काठमाण्‍डौबाट अवैध रुपमा विना विल विजक खरीद तथा विक्री वितरण गरेका थिए । विभागले त्यसको कारोबारबाट प्राप्त भएको रकम प्रतिवादी अतुल बर्माको बैक खातामा जम्मा गरी शिवम् सुनचाँदी पसलको कारोबार समेत न्यून देखाई आयकर समेत छली भन्सार चोरी पैठारी गरी भन्सार राजस्व तथा आयकर समेत चुहावट गरेको ठहर गरेको छ ।

उनको स्टेटमेन्टमा देखिएको रकम ७ करोड ५१ लाख र सो लाई पुष्टी गर्ने गरी सोही रकम वरावरको सुनचाँदीको कारोबार गरेको निजको मोवाइलमा देखिएको तस्वीर समेतबाट पुष्टी भएको र उक्त कारोबारमा प्रचलित आयकर ऐन, २०५८ बमोजिम तिर्नु वुझाउनु पर्ने आयकर २९ लाख ७९ लाख हजार समेत कम तिरेको भेटिएको थियो ।

उनको साथबाट २९ लाख ८० हजार भारु समेत भेटिएको थियो ।

राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा २९छ१० बमोजिम बिगो कायम गरी उक्त विगो असुल उपर गराई सोही ऐनको दफा २३ ९१० बमोजिम दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजाय हुनका साथै वारदातका बखत बरामद भएको भारतीय नम्बर प्लेटको कार समेत बरामत गरेको विभागले जनाएको छ ।


क्लिकमान्डु