बैदेशिक रोजगारीमा जानेले बीमा रकम अनलाइनमार्फत बुझाउन सकिने



काठमाडौं । बैदेशिक रोजगारीमा जानेले अनिवार्य रुपले गर्नुपर्ने म्यादी जीवन बीमा अनलाइन मार्फत बुझाउन सकिने भएको छ । बीमा समितिले अनलाइन मार्फत बीमा रकम बुझाउन सकिने व्यवस्था गरेको हो ।

बिदेशमा रहेका नेपाली कामदारले सम्बन्धित देशमा रहेको नेपाली दुतावासबाट बढीमा दुई पटकसम्म श्रम स्वीकृति नविकरण गर्न सक्छन् । विदेशबाट श्रम स्वीकृति नविकरण गर्दा अनलाइन मार्फत बैदेशिक रोजगारीमा जानेको बीमा रकम नविकरण गर्न सकिने बीमा समितिको परिपत्रमा उल्लेख छ ।


क्लिकमान्डु