स्टाण्डर्ड चार्टर्ड बैंकले दिएन बोनस सेयर, लगानीकर्तालाई २२.५० प्रतिशत नगद लाभांश



काठमाडौं । स्ट्यान्डर्ड चाटर्ड बैंकले आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट २२.५० प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकले प्रतिसेयर २२ रुपैयाँ ५० पैसाका दरले उक्त परिमाणको लाभांश दिने भएको हो ।

बैंकको ३८७औं बोर्ड बैंकले उक्त निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृत र वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश बैंकका सेयरधनीलाई वितरण गरिनेछ ।

बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ छ ।


क्लिकमान्डु