समस्यामा रहेको वल्र्ड मर्चेन्टको नाम परिवर्तन, समृद्धि फाइनान्सको नामबाट कारोबार



काठमाडौं । समस्यामा रहेको वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको नाम परिवर्तन भएर समृद्धि फाइनान्स लिमिटेड बनेको छ ।

कम्पनीले नेप्सेलाई गराएको जानकारी अनुसार साविक वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको नामबाट भए गरेका र हुने सम्पूर्ण कारोबारहरु अबदेखि परिवर्तित नाम समृद्धि फाइनान्स कम्पनी लिमिटेडबाट हुने छ ।

वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको असार २१ गते सम्पन्न १६ र १७ औं साधारण सभाले नाम परिवर्तन गर्नको लागि निर्णय भएको थियो ।

सोहि अनुसार उद्योग मन्त्रालय, कम्पनी रजिष्टारको कार्यालयलाई भदौ ५ गतेको निर्णय अनुसार असोज १४ गते प्राप्त पत्र अनुसार संस्थाको नाम समृद्धि फाइनान्स कम्पनी कायम भई दर्ता भएको र परिवर्तित नाम समृद्धि फाइनान्स कम्पनी लिमिटेड को लोगो (छाप) नयाँ सञ्चालनमा ल्याएको जनाएको छ ।


क्लिकमान्डु