नविकरण शुल्क तिरेपछि यूनिलिभर र टेलिकमसहित ३२ कम्पनीको सेयर कारोबार खुल्यो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले समयमा नै बार्षिक नविकरण शुल्क नतिरेर कारबाही गरेका ८१ वटा वित्तीय संस्थामध्ये ३२ वटाले भने शुल्क तिरेर नविकरण गरेका छन् । बार्षिक शुल्क तिरेर नविकरण गरेसँगै कम्पनीहरुको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेले कारोबार फुकुवा गरेको ३२ वटा कम्पनीमा ग्रिन डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक, एनएमबि माइक्रोफाइनान्स, यूनिलिभर नेपाल, गुँरास लघुबित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक, सोल्टी होटल, अपी पावर कम्पनी, प्रभु इन्स्योरेन्स, यूनाइटेड मोदी हाईड्रोपावर, चिलिमे हाईड्रोपावर कम्पनी रहेको छ ।

यस्तै बरुण हाईड्रोपावर, कन्चन डेभलपमेन्ट बैंक, ग्लोबल आईएमई लघुवित्त, लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल दुरसञ्चार कम्पनी, इन्फिनिटी लघुवित्त, हिमालयन उर्जा विकास कम्पनी, मुक्तिनाथ विकास बैंक, आरम्भ माइक्रोफाइनान्स, सिभिल लघुवित्त, यूनाइटेड फाइनान्स, हिमालयन पावर पार्टनर, सामुदायिक लघुवित्त वित्तीय संस्था, ओमी माइक्रोफाइनान्स, मेरो माइक्रोफाइनान्स, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, नाडेप लघुवित्त वित्तीय संस्था, युनिभर्स पावर, कर्णाली विकास बैंक रहेको नेप्सेले जनाएको छ ।

आर्थिक वर्ष सुरु भएको पहिलो तीन महिना भित्रमा वार्षिक नवीकरण शुल्क बुझाउनु पर्ने व्यवस्था रहेको छ । नविकरण शुल्क नबुझाएको भन्दै ८१ वटा संस्थालाई नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ विनियम १६ (१) बमोजिम कारोबार रोक्का गरेको हो ।

नेप्सेले १९ वटा माइक्रोफाइनान्स कम्पनी, व्यापार समूहका ३, होटल २, अन्य २, उत्पादन मुलक ११, डेभलपमेन्ट बैंक १८ वटा, बीमा २ वटा, वित्त कम्पनी ११ र जलविद्युत कम्पनी १३ वटाको करोबार रोक्का गरेको थियो ।


क्लिकमान्डु